तीज ब्याटल गीत ‘भेडा भर्सेस कोइली’ सार्वजनिक


काठमाण्डु – गायिका ज्योती मगर र गायक नेत्र भण्डारीको स्वरमा रहेको तीज ब्याटल गीत ‘मच्चाउने हो धुम’ सार्वजनिक भएको छ ।

यसअघि दोहोरी ब्याटल, रक ब्याटकल, र्याप ब्याटल सुनिँदै आएकोमा सोमबार सार्वजनिक भएको ‘भेडा भर्सेस कोइली’मा भने तीज ब्याटल सुन्न सकिन्छ । तीजको संस्कृति जोगाउँ भन्ने सन्देश बोकेको यो गीतका संगीतकार तथा रचनाकार करण न्यौपाने हुन् ।

गीतको भिडियोमा गायिका ज्योती मगर तथा अभिनेता एसराज गराचसहित रुबिना अधिकारी, पुजन घिमिरे, अनिता थापा, नरेशवीर सिंह, जेम्स बिसी, निरज एलजी आदिले नृत्य गरेका छन् ।

उक्त भिडियोका छायांकार अजय रेग्मी हुन् भने अशोक बिकले यस भिडियोलाई निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement