तीजको गीतमा सीमा निर्धारण, अब कस्तो गीत गाउँन पाइन्छ ?


काठमाण्डु – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले तीजका गीतमाथि सिमा निर्धारण गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिसीले विज्ञप्ति जारी गर्दै तीज गीतका नाममा सामाजिक सद्भावमा असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेका छन् ।

उनले संस्थागत आग्रहलाई वेवास्ता गरे साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् । पछिल्ला केही समयमा तीज गीतको नाममा विकृति बढ्दै गएको गुनासो बढिरहेका छन् । श्रोताका सोही गुनासालाई मध्यनजर गर्दै प्रतिष्ठानले तीजका गीतमाथि सीमा निर्धारण गरेको हो ।

‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानले जारी गरेको जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र द्विअर्थी, अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गदैछौं । ’

प्रतिक्रिया दिनुहोस
Advertisement