१२ कराेडकाे आईपीओ निस्कासन गर्दै तेह्रथुम पावर कम्पनी

१२ कराेडकाे आईपीओ निस्कासन गर्दै तेह्रथुम पावर कम्पनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुम पावर कम्पनीले  १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गरिने जनाइएकाे छ।

यसैगरी, सर्वसाधारणलाई २० प्रतिशत अर्थात् लाख ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री गर्ने कम्पनीले जनाएको छ । चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले  हस्ताक्षर गरेका छन् । । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए ।

उक्त कम्पनीले तेह्रथुमकाे  मेन्छेयायेम गाउँपालिकामा निर्माण गरिरहेकाे ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको ६० प्रतिशत रहेकाे छ।

नेपाल विद्युत् प्राधिकरणसँग  २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० / ३० करोड रुपैयाँ लगानी रहेको छ ।