भ्रष्टाचारको मतियारमा दोषी ठहर गुरुङले मनाङबाट जिते चुनाव

भ्रष्टाचारको मतियारमा दोषी ठहर गुरुङले मनाङबाट जिते चुनाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भ्रष्टाचार मुद्दाको मतियारमा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनले २ हजार ४१५ मत ल्याएर विजयी हुँदा नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् ।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडा अनियमिततामा भ्रष्टाचारी ठहर भएका गुरुङले सांसदको शपथ ग्रहण भने गर्न पाउने छैनन् ।

विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै १ करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।