काठमाण्डु – सांसद टेकबहादुर बस्नेतले सरकारले गोप्य समिति बनाएकोमा आपत्ति प्रकट गरेका छन् ।
बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद बस्नेतले सरकारले गोप्य समितिहरु बनाएको र त्यसो किन गरिरहेको हो भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
‘सरकारले अहिले जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकरण–२०७७ भन्ने गोप्य समिति बनाएको छ । यो गोप्य समिति भनेको के हो ? सरकारले किन यस्ता गोप्य काम गरिरहेको छ ?’, उनले भने ।




प्रतिक्रिया