उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ


काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बुधबार काठमाण्डु प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement