काठमाडौं – कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका छन् । सुनसरी घर भएका ती युवा दक्षिण कोरियाबाट नेपाल आएका थिए ।
नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका हुन् । अहिले प्रहरीले उनलाई खोजी गरिरहेको छ ।
संक्रमणको आशंकामा अस्पतालमा अहिले कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली, भारतबाट आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका छन् । उनीहरुको कोरोनाको परीक्षण बिहीबार गराइने भएको छ ।




प्रतिक्रिया