कोरोनाको आशंका गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ

कोरोनाको आशंका गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको र रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।