प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतमा निर्वाचन सम्पन्न भएर सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनको सरकार बन्ने लगभग निश्चित भइसकेको बेला दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको हो ।

एनडीएको सरकारको नेतृत्व प्रधानमन्त्री मोदीले नै गर्ने भएका छन् । उनले शनिवार सपथ ग्रहण गर्ने तय समेत भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको भावी नेतृत्वका लागि नेपालका तर्फबाट मोदीलाई शुभकामना दिएका छन् । जवाफमा उनका भारतीय समकक्षीले न्यानो शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका हुन् ।

टेलिफोन वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुनः पुष्टि ग¥यौं र हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्न सहमत भयौ ।’