काठमाडौँ – सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागी भएको विषयमा बिबाद भइरहेको बेला प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले सामाजिक सञ्जालमार्फत यसबारे प्रष्ट पार्दै कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन् । उनले यो भिडियो कन्फ्रेन्सलाई सामान्य सामाजिक सञ्जालको प्रयोग गरिएको भन्ने नठान्न आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले यो फेसबुक, भाइबर र स्काईपीबाट नहुने भएको हुनाले कुनै सुरक्षाको खतरा नभएको बताएको हो । उनले भनेका छन्, ‘सुरक्षा गोपनियताको आचारसंहिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौं । सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न सक्दैन ।’




प्रतिक्रिया