नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा १६ जनाको आवेदन दर्ता

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा १६ जनाको आवेदन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि मंगलबार साँझसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १६ जनाका आवेदन दर्ता भएका छन् ।

आवेदन दिनेमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, डा. विमल आचार्य, संगीता पहाडी, प्रेम प्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिल कुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्र कुमार दास, केदार नाथ कोइराला, कमल लामिछाने, रमेश प्रसाद जोशी र सालिकराम सुवेदी रहेका छन् ।

मन्त्रालयले सूचनामार्फत टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको थियो । टेलिकमको प्रबन्ध निर्देशकमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनीयरिङ, टेलिकम्युनिकेसन इन्जिनीयरिङ, कम्प्युटर इन्जिनीयरिङ, सिभिल इन्जिनीयरिङ वा मेकानिकल इन्जिनीयरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।