नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा

नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल दूरसञ्चार (टेलिकम) कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधरणलाई दिने घोषणा गरेको छ ।

बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारको बहुमत शेयर हुने गरी शेयर पुनःसंरचना गरिने बताए ।

बजेटमार्फत सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गर्नका लागि पुनःसंरचना, कम्पनीमा रूपान्तरण र रणनीतिक साझेदार भित्र्याउने नीति अगाडि बढाउने भएको छ ।