बिशेष नागरिक सम्मान टेलिभिजनकर्मी जोशीलाई

बिशेष नागरिक सम्मान टेलिभिजनकर्मी जोशीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एपीवान टेलिभिजनका पत्रकार मनोज जोशी सम्मानित भएका छन् ।

राष्ट्रीय प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सामाजिक रूपान्तरणका लागि नागरिक समाजाको १६ बार्षिकउत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले पत्रकार जोशीलाई बिशेष नागरिक सम्मान २०७९ प्रदान गरेका हुन् ।

पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको कदर स्वरुप टेलिभिजन पत्रकार जोशीलाई सम्मान गरिएको हो । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका जोशी पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले सामाजिक रुपान्तरणलाई उपयुक्त दिशानिर्देश गरी समाजलाई प्रगतिशील बनाउन संचार जगत लगायत अन्य सबैको महत्वपूर्ण भुमिका हुने बताएका थिए ।