टेलिकमको नयाँ एपः एफएमदेखि भिडियो, लाइभ टिभीदेखि फिल्मसम्म

टेलिकमको नयाँ एपः एफएमदेखि भिडियो, लाइभ टिभीदेखि फिल्मसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल टेलिकमले ‘वाउटाइम’ एप्स सञ्चालनमा ल्याएको छ।

 

 

टेलिकमले विन नेपालको सहकार्यमा सञ्चालनमा ल्याएको एपबाट मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, फिल्म र विभिन्न विधाका भिडियो तथा एफएम हेर्न तथा सुन्न सक्ने छन्।

 

 

टेलिकमका अनुसार लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिनेछ। यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेडरपोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ।

 

 

तत्कालका लागि दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप सब्क्रिब्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

 

 

 

एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन्। यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ।
‘वाउटाइम’ मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

 

 

 

मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर राख्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।