काठमाण्डु – पाशुपत क्षेत्रमा हुने पाहाँचह्रे जात्राअन्तर्गत बुधबार श्री बज्रेश्वरी देविको रथयात्रा गरिएको छ ।
बुधबार बिहान इट्टापाखाबाट सुरुवात भएको रथयात्रा टोलको विभिन्न स्थानहरूमा परिक्रमा गरी सिफल चौरमा तीन ठक्कर लगाएर पुन:पाशुपत क्षेत्र हुँदै तिलगंगा पुर्याएर पुन: पशुपतिनाथ मन्दिरमा तीन ठक्कर लगाएर जात्राको समापन गरिन्छ ।
जात्राको समापन पश्चात् बुधबारै रातिबाट बछलेश्वरीको रथयात्रा शुभारम्भ हुन्छ । विभिन्न टोलमा देवतालाई रथमा राखेर विभिन्न स्थानमा परिक्रम गरिन्छ । यो जात्रा यस क्षेत्रमा ३ दिनसम्म चल्नेछ ।




प्रतिक्रिया