काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा सोमबार रातिदेखि सकिँदैछ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय लिनेछ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीको आज अपराह्न वा भोलिबिहानसम्म छलफलमा बस्ने जनाए । उनले २५ भन्दा कम सिट भएका सवारी साधनलाई समेत चल्न दिने सम्बन्धमा निर्णय गर्ने तयारी भएको बताए । सीडीओ पराजुलीका अनुसार बैठकले माइक्रो बस र टेम्पो सञ्चालनबारे निर्णय गर्नेछ ।
त्यस्तै जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता लम्बाउने तयारी गरिएको छ । अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर–बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो । कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाण्डु उपत्यकामा निषेधाज्ञा जारी छ ।




प्रतिक्रिया