रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक (भिडियाेसहित)


काठमाडाैं—नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ ।

माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।

गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement