दश दलको बैठक आज पनि बस्दै,उपराष्ट्रपतिमा साझा सहमति बनाउने प्रयास

दश दलको बैठक आज पनि बस्दै,उपराष्ट्रपतिमा साझा सहमति बनाउने प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएकाे छ । नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठक आज पनि बस्ने भएको हाे।

यसअघि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा कुनै सहमति बन्न नसकेपछि आजको लागि बैठक बोलाइएको छ।

उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन्। जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ। जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ। नेकपा (एमाले) को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।