काठमाण्डु – दक्षिण एशियाली देशहरूमा बढ्दै गएको आतंकवाद र क्षेत्रीय शान्तिको विषयमा काठमाण्डुमा वृहत् छलफल हुने भएको छ ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआईआईसीई) बुधबार ‘दक्षिण एशियामा आतंकवाद : क्षेत्रीय शान्ति र सुरक्षामाथिका चुनौतीहरू’ शीर्षकमा उच्चस्तरीय गोष्ठीको आयोजना गर्दैछ ।
गोष्ठीमा दक्षिण एशियामा बदलिँदो आतंकवादी खतरा र त्यसले शान्ति, सहकार्य तथा स्थायित्वमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गर्नेछन् ।
यसका साथै मुख्य विषयहरूमा अन्तरदेशीय आतंकवाद, राष्ट्रप्रायोजित खतरा र क्षेत्रीय आतंकवादविरोधी प्रयासमा नेपालको भूमिकाका विषयमा पनि अतिरिक्त छलफल हुनेछ ।
गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरू, उच्च कूटनीतिज्ञहरू, प्राध्यापकहरू र सुरक्षाविद्हरूले सहभागिता जनाउने छन् ।
नेताहरू मिनेन्द्र रिजाल, एनपी साउद, चन्दा चौधरी, शिशिर खनाल, प्रा. मिना वैद्य मल्ल तथा सेवानिवृत्त मेजर जनरल विनोज बस्न्यातलगायतका व्यक्तिहरू सहभागि रहने छन् ।




प्रतिक्रिया