काठमाण्डु – बजार अनुगमनका क्रममा मापदण्ड मिच्नेलाई कारवाही गर्ने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय कास्कीलाई नै एक होटेलले खाजामा ठगेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित शिक्षा विकास तथा समन्वय इकाईमा गरेको लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाजा मगाउँदा पोखरा महानगरपालिका–४, चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयले ठगेको हो ।
भोजनालयले परिमाणभन्दा निकै कम सामान आपूर्ति गरेपछि प्रशासनले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसूर गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
दफाको खण्ड (ङ) मा लेबलिङ्ग नगरेमा, माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने काम गरे वा गराएमा, सरकारले तोकेभन्दा बढी मूल्यमा सामान बिक्री गरेमा, निर्धारित मापदण्डविपरीत वस्तु वा सेवाको बिक्री गरेमा कसूर मानिने उल्लेख छ ।





प्रतिक्रिया