हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाले स्व. रुपचन्द्र विष्ट ‘थाहा’को २५औं स्मृति दिवसका अवसरमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थाहा नगरपालिका–३ (साविकको दामन गाविस–१) मा जन्मिएका ‘थाहा’को २०५६ असार ७ गते वीर अस्पतालमा मृत्यु भएको दिनको स्मृतिमा सार्वजनिक बिदा दिइएको छ ।
विष्टको स्मृतिमा शुक्रबार थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका क्षेत्रमा प्रवचन, गोष्ठी वृक्षारोपणजस्ता विभिन्न कार्यक्रम गरिने भएका छन् ।




प्रतिक्रिया