थाइल्यान्डमा अलपत्र २० नेपाली फर्काइए

थाइल्यान्डमा अलपत्र २० नेपाली फर्काइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-थाइल्यान्डमा अलपत्र २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी शुक्रबार नेपाल फर्काइएको जानकारी दिएको हो ।

जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड  पुर्‍याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि अनुरोध पनि गरेको छ ।

राजदूतावासले भनेको, ‘कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’