बैंककमा विमानको टायर पड्किएकाे विषयमा छानबिन गर्न निगमद्धारा समिति गठन

बैंककमा विमानको टायर पड्किएकाे विषयमा छानबिन गर्न निगमद्धारा समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगमले बैंककमा विमानको टायर पड्किएको विषयमा छनविन गर्न समिति गठन गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमकी प्रवक्ता अर्चना खड्काले गुणस्तर विभागका निर्देशकको संयोजकत्वमा ७ सदस्यीय छानविन गरेको जानकारी दिएकी हुन् । उनले उक्त समितिले काम सुरु गरिसकेको समेत जानकारी दिएकी छन् ।

निगमको बैंकक–काठमाण्डु नियमित उडानमा रहेको न्यारोवडी विमानको टायर बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा पड्किएको थियो । अप्रिल एक तारिखका दिन भएको सो घटनालाई लिएर छानबिन गर्नका लागि उच्च स्तरीय छानबिन उपसमिति गठन भएको हो ।

टायरमा समस्या देखिएपछि पाइलटको निर्णयमा विमान रोकेर यात्रु तथा कार्गोलाई ओरालेर विमानको प्राविधिक चेकजाँच भएको प्रवक्ता खड्काले जानकारी दिएकी छिन् । उनका अनुसार उक्त विमानको चारवटै टायर फेरिएको थियो ।

उनले सो उडानमा रहेका १४१ जनालाई अप्रिल ४ मा काठमाण्डु ल्याइसकिएको जानकारी दिएकी छन् । साथै, उक्त विमान निगमको नियमित उडानको रुपमा अप्रिल ६ मा काठमाण्डु अवतरण गरिसकेको पनि उनले जानकारी दिइन् ।