काठमाण्डु– थाइल्यान्डको संसद्ले शुक्रबार नयाँ प्रधानमन्त्रीमा अनुतिन चार्नभिराकुललाई चयन गरेको छ।
भुमजैथाई पार्टीका नेता अनुतिनले ५०० सदस्यीय प्रतिनिधि सभामध्ये ४९२ सांसद उपस्थित भएको मतदानमा ३११ मत प्राप्त गर्दै प्रधानमन्त्री बने।
उनका प्रतिस्पर्धी, फ्यु थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीले १५२ मत मात्र पाए भने २७ सांसद तटस्थ बसे।
अनुतिनसँग आफ्नै पार्टीका ६९ सिट मात्र भए पनि उदारवादी पिपल्स पार्टीको समर्थनले उनलाई बहुमतसम्म पुर्यायो।
गत हप्ता संवैधानिक अदालतले तत्कालीन प्रधानमन्त्री पाटोङतार्न शिनावात्रालाई पदच्युत गरेपछि नयाँ नेतृत्वको बाटो खुलेको थियो।
नवनिर्वाचित प्रधानमन्त्री अनुतिनले अन्तरिम सरकार गठन गरी चार महिनाभित्र नयाँ चुनाव गर्ने वाचा गरेका छन्। उनले यसअघि उपप्रधानमन्त्री, आन्तरिक मन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।




प्रतिक्रिया