काठमाण्डु – थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किंदा जेल चलान भएका छन् ।
उनी निजी जेटमा मंगलवार बिहान बैंकक पुगेका हुन् । उनी सन् २००९ मा निर्वासनमा गएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । उनलाई ८ वर्ष जेल सजाय गरिएको छ ।




प्रतिक्रिया