काठमाण्डु- नेपाल सरकार, भाषा आयोगका नवनियुक्त अध्यक्ष डा.गोपाल ठाकुर तथा सदस्य डा.पुष्करराज भट्टले आज शपथ ग्रहण गरी पदभार ग्रहण गर्नु भएको छ ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा एक समारोहका बीच भाषा आयोगका दुबै पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनु भयो ।
भाषा आयोगका अध्यक्ष डा.ठाकुर आफ्नो जातीय पोशाक धोती-कुर्ता-बण्डी-गम्छामा सजिएर आफ्नो मातृभाषा भोजपुरीमा समेत शपथ लिनु भयो भने सदस्य डा.भट्ट दौरा-सुरुवाल-कोट-ढाकाटोपीमा सजिएर नेपालीमा शपथ लिनु भयो ।
यस अवसरमा भाषा आयोगका सदस्यहरू ऊषा हमाल, डा.अमरराज गिरी, अमृत योञ्जन तामाङ, गोपाल प्रसाद शर्राफ (गोपालअश्क) तथा कृष्ण प्रसाद न्यौपानेका साथै आयोगका सचिव जयराम अधिकारी, उपसचिव कमला पाण्डेयसमेतका कर्माचारीहरू उपस्थित हुनुहुन्थ्यो ।




प्रतिक्रिया