ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव


काठमाडौं – ठाकुर प्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गृह मन्त्रालयले प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवाली ५ महिना आईजीपी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement