नेकपा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट

नेकपा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त भएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो ।

प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताए । यसअघि भने उनलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो ।