काठमाण्डु–सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ ।
भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको लेदाेसहितकाे बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ डुवाएकाे छ ।
गाउँपालिकाले हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया