काठमाण्डु- राष्ट्र बैंकले दसैं–तिहारजस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारसमेत आफ्ना दिदीबहिनीको सीधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाएको हो।
‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्सफरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं,’ केन्द्रीय बैंकको चेतनामूलक सूचनामा भनिएको छ।




प्रतिक्रिया