युएन मिसनका फोर्स कमाण्डर उपरथी थापा रथीमा बढुवा

युएन मिसनका फोर्स कमाण्डर उपरथी थापा रथीमा बढुवा


काठमाण्डु- नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गरिएको छ । सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरको सफलतापूर्वक नेतृत्व गर्दै आएका थापालाई रथी पदमा बढुवा गरिएको हो ।

युएन मिसन अन्तरगतको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति मिशनमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका निभाउँदै आएका छन् । स्रोतका अनुसार माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी थापालाई रिक्त रथी पदमा बढुवा गरिएको हो ।

उपरथी थापालाई रिक्त रथी पदमा बढुवा गर्नका लागि नेपाली सेनाको जंगी अड्डाले २०८० पुस ११ गते बुधबार ७ दिने सूचना प्रकाशन गरेको थियो ।

उपरथी थापा नेपाली सेनामा २०४३ सालमा भर्ना भइ हाल सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरमा कार्यरत रहेका छन् । युएनको सिरिया मिसनको नेतृत्व नेपाली सेनाले सफलतापूर्वक गर्दै आएको छ ।