‘रअ’ प्रमुख सिन्हाको निम्तोमा दिल्ली जाँदै हुतराज थापा

‘रअ’ प्रमुख सिन्हाको निम्तोमा दिल्ली जाँदै हुतराज थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भारत जाने भएका छन् । थापा शनिवारसम्म भारतको नयाँ दिल्ली जान लागेका हुन् । ‘रअ’का प्रमुख रवि सिन्हाको निम्तोमा उनी भारत जान लागेको जनाइएको छ ।

उनी यही साता ‘र’ चिफको निम्तो मान्न दुइ दिनको लागि दिल्ली जाने तयारीमा लागेका हुन् । दुवै देशका प्रमुख नयाँ भएकाले दिल्लीमा उनीहरुबीच भेटवार्ता हुन लागेको जनाइएको छ ।तर, समय भने अझै तय भएको छैन् ।

गत भदौ १२ गते विभागको वार्षिकोत्सव मनाउन छाडेर थापा दक्षिण कोरिया गएका थिए । यसैबीच अहिले उनि भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय उताको गुप्तचर टोलीलाई वैशाख १ गते स्वागत गरेका थिए ।

कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओनले निम्तो पठाए लगत्तै थापा कोरिया गएका थिए ।