सरकारले जाजरकोट र रुकुममा तत्काल दुई काम गर्नुपर्छ: महामन्त्री थापा

सरकारले जाजरकोट र रुकुममा तत्काल दुई काम गर्नुपर्छ: महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल दुईवटा काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले सरकारलाई फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्नुपर्ने बताएका हुन् ।

‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।