गगनले प्रधानमन्त्रीमा दावी गरे मेरो समर्थन हुन्छः विश्वप्रकाश शर्मा

गगनले प्रधानमन्त्रीमा दावी गरे मेरो समर्थन हुन्छः विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको संघीय चुनावपछि गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे आफूले समर्थन गर्ने बताएका छन् । करिब एक सातादेखि शर्मा अमेरिकामा रहेका महामन्त्री थापाले प्रधानमन्त्रीमा अब अर्का महामन्त्री थापाले दाबी गरे ५० वर्ष उमेरमुनिकै हुने र आफूले समर्थन गर्ने बताएका हुन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले नर्दन क्यालिफोर्नियामा गरेको कार्यक्रममा बोल्दै बिपी कोइराला र शेरबहादुर देउवा पनि ५० वर्षको उमेरकै हाराहारीमा प्रधानमन्त्री भएको पनि स्मरण गरे ।

‘कांग्रेसबाट बिपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन । गगन थापा ५० वर्षमुनिकै हो। प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ।’, उनले भने ।
केही दिन अगाडी महामन्त्री थापाले एक टेलिभिजन कार्यक्रममा अबको चुनावपछि प्रधानमन्त्रीमा दाबी गर्ने बताएका थिए ।