थापाथलीमा सुकुम्बासी र प्रहरीबीच झडप


काठमाण्डु-  काठमाण्डु महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । सोमबार महानगरपालिकाले बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । एकीकृत बागमती सभ्यता विकास समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement