काठमाण्डु – थापाथलीको प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको छ । काठमाण्डु महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मंगलबारदेखि कोभिड १९ को परीक्षण सुरु गरिएको हो ।
अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको औपचारिक उ्घाटन गरेका हुन् ।
महानगरले पीसीआर मेसिनसहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ ।
महामारीको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने अस्पतालले जनाएको छ ।




प्रतिक्रिया