काठमाण्डु – नेपाल ल्यूब आयल लिमिटेड (गल्फ)को तीसौं वार्षिक साधारणसधा असोज १८ गते हुने भएको छ ।
यहि भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले तीसौं वार्षिक साधारणसभा असोज १८ गते भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै उक्त सभा भर्चुअल मार्फत गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यस्तै बैठकले साधारण सभाका तयारीका लागि शेयर दाखिला खारेजीको काम असोज ५ देखि १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।उक्त सभाबाट कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै साधारणसभाले ०७८/७९ को आर्थिक कारोबार हेर्ने नयाँ लेखा परीक्षक नियुक्त गर्नेछ भने सर्वसाधारण शेयर धनीहरुका तर्फबाट सञ्चालकहरु नियुक्त गर्नेछ । सभामा कमपनीको वार्षिक प्रतिवेदनमाथि छलफल समेत गरिने गल्फले जनाएको छ ।





प्रतिक्रिया