काठमाण्डु – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उजुरीका आधारमा ७१ जनालाई स्पष्टीकरण सोधिएको बताएका हुन् । उनले स्पष्टीकरणको आधारमा कारबाही प्रकृया अघि बढेको जानकारी दिए ।
साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने समेत बताए । उनले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग कटिबद्ध भएर लागेको बताए।




प्रतिक्रिया