यस्ता छन् अाज बसकाे मन्त्रिपरिषद्काे निर्णय, के भयाे अार्इजिपि नियुक्तिबारे ?

यस्ता छन् अाज बसकाे मन्त्रिपरिषद्काे निर्णय, के भयाे अार्इजिपि नियुक्तिबारे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ। कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान सफल पार्न अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

कानुनमन्त्री शेरबहादुर तमाङका अनुसार मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ। शिक्षा लिनबाट वञ्चित दलित, सीमान्तकृत र गरिब परिवारमा विद्यार्थीहरु विद्यालय लैजानका लागि एक विद्यार्थी भर्ना गर्न राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाई समेत आह्वान गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान नै बसेकाे मन्त्रिपरिषदकाे बैठकमा कसलार्इ अार्इजिपि बनाउने भन्नेबारे अन्याैल भएपछि बैठकमा प्रस्ताव नै पेस नभएकाे स्राेतले बतायाे । स्राेतका अनुसार अाजै नै बस्ने अार्काे बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे नयाँ नेतृत्वका लागि निर्णय हुन सक्ने स्राेतकाे दावि छ ।