प्रधानन्यायाधीशले बाेलाएकाे ‘फुलकोर्ट’ मा नजाने १४ न्यायाधीशको निर्णय

प्रधानन्यायाधीशले बाेलाएकाे ‘फुलकोर्ट’ मा नजाने १४ न्यायाधीशको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी नहुने भएका छन् । प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसनसहित बोलाएको फूलकोर्ट न्यायाधीशरुहले बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

राणाले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएलगत्तै बसेको राणाबाहेक सर्वोच्चका १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

सोमबारदेखि प्रधानन्यायाधीश राणाले तोकेको पेशीमा के गर्ने भन्ने विषयमा छलफल भएको छ । त्यस्तै न्यायाधीशहरुले राणापछिका दोस्रो वरीयतामा रहेका वरिष्ठतम न्यायाधीश दीपक कार्कीसँग सल्लाह गरेर अगाडि बढ्ने निष्कर्षसमेत निकालेका छन् ।

न्यायाधीशहरुले राणालाई अब अस्वीकार गर्ने र सोमबारदेखि वरिष्ठतम न्यायाधीश कार्कीको च्याम्बरमा बस्नेसमेत निष्कर्ष निकालेका छन् । सोमबारको ‘फुल कोर्ट’मा शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग मागेकोलगायतका विषयमा छलफल हुने बताइएको छ ।