प्रदेश २ सरकारलाई इजरायलले दियो स्वास्थ्य सामग्री

प्रदेश २ सरकारलाई इजरायलले दियो स्वास्थ्य सामग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश–२ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् ।

त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिए । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गरे ।