विशेष योजनासहित आयनद्वारा “द एक्स्ट्रा अडिनरी चेन्ज अफर” सार्वजनिक

विशेष योजनासहित आयनद्वारा “द एक्स्ट्रा अडिनरी चेन्ज अफर” सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीजी मोटर्सले आफ्ना ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउने उद्देश्य राखी “द एक्स्ट्रा अडिनरी चेन्ज अफर” नामक विशेष अफर सार्वजनिक गरेको छ।

आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी “द एक्स्ट्रा अडिनरी चेन्ज अफरr” नामक विशेष अफर सार्वजनिक गरेको हाे।

यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउनेछन्। यसमा ६.३ प्रतिशत ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र ब्ल्याक प्लस डेकर कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश छन्।

साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्नेछन्। यससँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुनेछ।

यस्ता छन् आयन मोडेलका विशेषता :

आयन वाई
-ड्राइभिङ रेन्ज: ५०० किलोमिटर
-ब्याट्री: ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री

आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
-ड्राइभिङ रेन्ज: ५२० किलोमिटर
-ब्याट्री प्रकार: म्यागजिन ब्याट्री

आयन भी लक्जरी सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
-ड्राइभिङ रेन्ज: ६५० किलोमिटर
-ब्याट्री क्षमता: ७५.३ किलोवाट आवर्
-८-प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
-इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)

मूल्य : ५८.५० लाख ६४.९९ लाख ६९.९९ लाख

आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड हो। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ।

नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध रहेकाे कम्पनीले जनाएको छ।