काठमाण्डु – नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो द फेस नेपाल भोल्युम-५’ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन्। राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरूले उपाधि जितेका हुन्।
उनीहरूले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन्। यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनर अप भए।
कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरूको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताइन्।
एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरूका लागि उपयुक्त प्लेफर्म बनेको बताए।




प्रतिक्रिया