एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते बस्ने

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । एमालेले मंसिर २५ र २६ गते काठमाण्डुमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो तथा पूर्ण बैठक बोलाएको हो ।

उक्त बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव ल्याउने छ । एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । सो बैठकमा बोल्दै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिएका हुन् ।

एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको दशौं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।