सरकारले माग्यो पर्यटन बोर्डका सिईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण

सरकारले माग्यो पर्यटन बोर्डका सिईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीसँग तीन दिने लिखित स्पष्टिकरण सोधेको छ । पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले रेग्मीलाई तीन दिने स्पष्टीकरण माग गरेको हो ।

मन्त्री ओलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ गरेका थिए । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उनले बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालालाई लिखित स्पष्टिकरण माग गर्न निर्देशन दिएका हुन् ।

शनिबार बिहान लण्डनबाट नेपाल आएका रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । सो बारे पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई बोलाएर जानकारी समेत लिएका थिए ।

लिखित स्पष्टीकरण पनि चित्तबुझ्दो नआएको खण्डमा उनीमाथि मन्त्रालयले कारवाहीको तयारी गरेको छ । स्रोतका अनुसार मन्त्रालय पहिल्यैदेखि रेग्मीको कार्यसम्पादनमा सन्तुष्ट थिएन । स्पष्टीकरणको जवाफ आएपछि उनलाई बोर्डबाट हटाउनेसम्मको तयारी गरिएको स्रोतले बतायो ।

यता पर्यटन बोर्डले एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई अतिरञ्जित गरिएको भन्दै आपत्ति जनाएको छ । विमानस्थलमा खटिएका कर्मचारीको ढिलासुस्तीको विषय उठान गर्दा बोर्ड र रेग्मीको मर्यादामा आँच आउने कार्य हुनु दुःखद् रहेको बताइएको छ ।