प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता पर्दैनः गौरी मल्ल

प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता पर्दैनः गौरी मल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नायिका गौरी मल्लले युवाहरुलाई निरुत्साहित बनाउन नहुने बताएकी छन् । नायिका मल्लले आफूले यति लामो समय अर्पण गरेको र पूजा योग्य मानेको चलचित्र क्षेत्रमा अनावश्यक चर्चा परिचर्चा चल्दा दुःख लाग्ने भन्दै युवाहरुलाई फक्रिने मौका दिनुपर्ने र उनीहरुलाई निरुत्साहित बनाउन नहुने धारणा राखेकी हुन् ।

‘३ दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो, आफ्नो अनुभव साट्ने हो, प्रोत्साहन गर्ने हो न कि उनीहरुलाई फक्रिने मौका नदिई निरुत्साहित बनाउने,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यूवाहरुसँग हिड्नु छ भने हात हालेर हैन, हातेमालो गरेर हिड्न आवश्यक छ । मैले आकाशतिर हेरेर थुकेँ भने त्यो पक्कै पनि मेरो मुखमा पर्छ ।’

हाम्रो समाजमा धेरै उदाहरणहरु भएको भन्दै नायिका मल्लले प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता नपर्ने र सुन्दरतालाई प्रतिभाको आवश्यकता पर्ने उल्लेख गरेकी छिन् ।

‘मैले कही पढेकी थिएँ कि बलिउडकी एक प्रतिभाशाली नायिका जो आफ्नो करिअर सुरु गर्दा क्यामेरा अगाडि हाँस्दा मुख छोपेर अथवा आफ्नो दात्तलाई नदेखिने गरि हास्थिन् । किनकी, उनका दात अन्य नायिकाहरुका भन्दा केही बाहिर निस्किएका थिए । सो कुरा नोटिस गरिरहेका निर्देशक महेश भट्टले उनलाई बोलाएर भनेछन्– ‘तिमी जुन कुरालाई आफ्नो कमजोरी ठानेर लुकाउने प्रयास गरिरहेकी छौं, त्यो नै तिम्रो सुन्दरताको राज हो । त्यसदिनदेखि ती नायिकाले आफ्नो हाँसोलाई संकोचको पर्खालबाट बाहिर निकालिदिइन र खुलेर अभिनय गर्न थालिन् । ती अभिनेत्रीको नाम हो, शबाना आजमी ।’

उनले आज भन्दा ३० बर्ष अगाडि निर्देशक प्रकाश थापा, निर्माता भगवान दास श्रेष्ठले आफूलाई विश्वास नगरेको भए गौरी मल्ल भनेर आज कलाकारको रुपमा परिचय बनाउन नसक्ने पनि उल्लेख गरेकी छिन् । मल्लले अरुको गल्ती चाडै र सहज रुपमा उजागर गर्ने मानिसले सोही काम अरुबाट भयो भने सहन नसक्ने उल्लेख गर्दै मानिसको स्वभाव उसको व्यक्तित्वको ऐना भएको पनि उल्लेख गरेकी छन् ।