काठमाण्डु – माओवादी धारका राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक अहिले बिहान केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । केहीदिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय गरेका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेताहरू सहभागी छन् ।
यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवत: आज पहिलो सुनुवाइ हुनेछ ।




प्रतिक्रिया