सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुँदै

सगरमाथाको नयाँ उचाई भोलि सार्वजनिक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि (मंगलबार) सार्वजनिक गरिने भएको छ ।

नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।

सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेपछि नेपालको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाउँदै नयाँ उचाइ सार्वजनिक गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मंगलबार दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर छ । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ ।