काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक मंगलबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यसयता भने सर्वदलीय बैठक हुन सकेको छैन ।
पछिल्लो समय राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पार्टीभित्र पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।




प्रतिक्रिया