प्रदेश नं ५ काे प्रदेशसभालार्इ प्रधानमन्त्रीले अाज विशेष सम्वोधन गर्दै

प्रदेश नं ५ काे प्रदेशसभालार्इ प्रधानमन्त्रीले अाज विशेष सम्वोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्नेछन् । प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ ।

संसद् सचिवालयका सचिव डा मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गरेका छन् ।प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।